ad ad

ग्लोबल


बेइजिङको एक अस्पतालमा आगो लाग्दा २१ जनाको मृत्यु

बेइजिङको एक अस्पतालमा आगो लाग्दा २१ जनाको मृत्यु

नेपालखबर
बैशाख ६, २०८० बुधबार ७:४०, काठमाडौँ

चीनको राजधानी बेइजिङस्थित एक अस्पतालमा आगो लाग्दा २१ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार मंगलबार दिउँसो १ बजे फेङ्ताई जिल्लास्थित निजी अस्पताल चेंगफेंगको भवनमा आगलागी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

आयो लागेको डेढ घण्टापछि अग्नि नियन्त्रकहरूले अस्पतालको आगो निभाएका थिए। 

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार आगो लागेपछि बिरामीहरूलाई कर्मचारी, चिकित्सक र प्रहरीको सहयोगमा अन्य अस्पतालमा स्थानान्तरण गरिएको थियो।

बेलुका ६ बजेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको थियो। 

आगलागीको कारणबारे अनुसन्धान त्यहाँको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .