ad ad

समाज


नेपाल प्रहरीमा एसएसपी बढुवा तयारी, को को छन् दौडमा?

नेपाल प्रहरीमा एसएसपी बढुवा तयारी, को को छन् दौडमा?

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १९:२०, काठमाडौँ

नेपाल प्रहरीमा १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको तयारी भएको छ। 

१३ जना एसएसपी डीआईजीमा बढुवा भएपछि रिक्त भएका र अन्य ३ एसएसपी अवकासमा गएपछि प्रहरीमा हाल १६ एसएसपी रिक्त छन्।

आगामी साता थप दुई एसएसपी अवकासमा जानेछन्। यससँगै १८ एसएसपी खालि हुन लागेको हो। चक्रबहादुर सिंह र राजेन्द्र खड्का पनि आगामी साता अवकास हुन लागेका हुन्। 

एसएसपी बढुवाको लाइनमा २५ एसपी छन्। तर पछिल्लो पटक एसपीमा बढुवा भएकाहरु पनि बढुवाका लागि लविङ गरिरहेका छन्। 

अघिल्लो ब्याचबाटै छुटेका बिमल बस्नेत यसपटक एसएसपी हुने करिव निश्चित छ। उनी बाहेक एकैपटक एसपीमा बढुवा भएका २४ जना छन्। विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, विश्वमणि पोख्रेल, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्र सिंह राठौर बढुवा हुने सम्भावना बढी छ। 

यस्तै मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्णबहादुर पल्ली मगर, भूपेन्द्रबहादुर खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रविकुमार पौडेल, बेलबहादुर पाण्डे, दीपशमशेर जबरा, नविनराज राई, तारादेवी थापा, आभुषण तिम्सिना पनि एसएसपीको लाइनमा छन्। 

यही ब्याचबाट प्रविण पोखरेल, प्रज्वल महर्जन, सशन्त रजौरे, वीरबहादुर ओली र चन्द्रदेव राई पनि प्रतिस्पर्धी हुन्। 
यसअघि आईजीपी पनि वरीयता नमिची बनाएको सरकारले त्यसपछिका बढुवामा पनि वरीयता कायमै राखेको छ। 

रोलक्रममा अगाडि रहेका डीआईजीहरु नै एआईजीमा बढुवा भए भने रोलक्रममा अगाडि रहेका एसएसपीहरु नै डीआईजी बनेका थिए। 

त्यहीअनुसार एसएसपी पनि सिनियरबाटै हुने सम्भावना छ। त्यसो भएमा यही लटमा एसपी भएकामध्येबाट एसएसपीमा बढुवा गर्ने सरकारको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .