ad ad

समाज


चरासँग ठोक्किएर उडेको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

चरासँग ठोक्किएर उडेको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

नेपालखबर
बैशाख १२, २०८० मंगलबार २:३४, काठमाडौँ

इन्जिनमा चरा ठोकिएपछि समस्या देखिएको फ्लाई दुबईको जहाजले सुरक्षित अवतरण गरेको छ। 

विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको हो।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ स् ११ बजे अवतरण भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देएको थियो।

विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखिएको थियो। 

पाइलटले जहाज सामान्य अवस्थामा रहेको र गन्तव्य जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय लिएका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाजको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी समेत गरिएको थियो। 

उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .