ad ad

समाज


सर्लाहीका ६ ठाउँमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

सर्लाहीका ६ ठाउँमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

नेपालखबर
असोज १७, २०८१ बिहिबार १४:५७, सर्लाही

सर्लाहीका ६ ठाउँमा चाडपर्व लक्षित यात्रु सहायता कक्षा सञ्चालनमा आएका छन्। 

बिहीबार सदरमुकाम मलंगवामा आयोजित कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यात्रु सहायता कक्षको शुभारम्भ गरेका हुन्। 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख रवीन्द्रबहादुर सिंहसहित विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति थियो। 

मलंगवा बसपार्क, लालबन्दी, नवलपुर, फूलजोर चोक, बरहथवा, बागमती लगायतका ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .