पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान थालिएको छ। सोमबर साँझ ६ बजेसम्म सरकारी वकिलकहाँ उनको बयान चल्नेछ।
जिल्ला अदालत काठमाडौंबाट तीन म्याद थप भएपछि बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा ल्याएर रायमाझीको बयान थालिएको हो।
गत मंसिरको चुनावमा अर्घाखाँचीबाट विजयी भएका रायमाझीलाई आइतवार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको थियो।
अदालतमा उपस्थित गराएर हिरासतमा राख्न तीन दिनको समय लिएपछि प्रहरी सरकारी वकिलको कार्यालयमा हाजिर गराएर बयान थाल्न लागेको हो।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी गत वैशाख २० गतेदेखि फरार थिए। तर उनका छोरा सन्दीप वैशाख २० मै पक्राउ परेर अहिले हिरासतमै छन्।
यसैबीच पूर्वगृहन्त्री बालकृष्ण खाँणको बयान भने रोकिएको छ। पेटमा समस्या भएको बताएपछि बयानका लागि सरकारी वकिलको कार्यालय लगिएका उनलाई अहिले जिल्ला प्रहरी परिसरमै फिर्ता गरिएको छ।
Shares
प्रतिक्रिया