भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बनाउँदा बनाउँदै भत्किएको बर्दियाको जब्दीघाट पुलको संरचना हटाउन मेशिन पठाइसकेको बताएका छन्।
मन्त्री ज्वालाले भत्किएको उक्त पुल हटाएपछि वर्षातको समयमा डुबान र कटानको समस्या समाधान हुने पनि बताएका छन्।
उनले नयाँ ठाउँमा पुल बनाउन बढीमा १० दिनभित्र टेन्डर आह्नवान गरिसक्ने पनि जानकारी दिएका छन्।
पुल भत्किएको ठाउँमा रिले अनशनमा बर्दियाबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद सञ्जय गौतमलाई अनसन तोड्न पनि मन्त्री ज्वालाले आग्रह गरेका छन्।
संसद गौतमले भत्किएको पुलको समस्या समाधान नभएसम्म अनशन बस्ने बताइसकेका छन्।
मन्त्रालयका सचिव केशव शर्माले डिजाइन एन्ड बिल्ड मोडालिटीमा नयाँ पुल बन्ने पनि बताएका छन्। भत्किएको पुल ४३५ मिटर लामो थियो।
भत्किएको पुल प्राविधिक रूपमा सञ्चालन गर्न नसकिने भएकाले नयाँ बनाउने निर्णयमा पुगिसकेको मन्त्रालयले जानकारी दिएको छ।
Shares
प्रतिक्रिया