इलामको सूर्योदय नगरपालिका २ स्थित मानेभन्ज्याङ्ग सीमा इलाकाबाट सशस्त्र प्रहरीले करीब ९ लाख रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ।
नेपालबाट भन्सार छलि अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको ११ कार्टुन चुरोट, थानको कपडा १४ थान र ३५ कार्टुन चाउचाउ सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर (बीओपी पशुपतिनगर) ले बरामद गरेको हो।
सशस्त्र प्रहरीलाई देख्नासाथै सामान छाडी व्यक्ति भने फरार भएका थिए।
बरामद सामान आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
33
Shares
प्रतिक्रिया