ad ad

समाज


पशुपति क्षेत्रका पसलेलाई ३ दिनभित्र बक्यौता बुझाउन ताकेता, नत्र सम्पत्ति जफत गर्ने चेतावनी

पशुपति क्षेत्रका पसलेलाई ३ दिनभित्र बक्यौता बुझाउन ताकेता, नत्र सम्पत्ति जफत गर्ने चेतावनी

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८० बिहिबार ९:४६, काठमाडौँ

पशुपति विकास कोषले आफ्नो क्षेत्रभित्रका व्यापारीलाई बक्यौता बुझाउन ताकेता गरेको छ।

पसलसँगै पार्किङ व्यवस्थापन गर्दै आएका व्यवसायीलाई कोषले बक्यौता बुझाउन सूचना जारी गरेको हो। ३ दिनभित्र बक्यौता नबुझाए कालोसूचीमा राखेर चल-अचल सम्पत्ति जफत गर्ने चेतावनी कोषले दिएको छ।

भण्डारखाल, अमालकोट कचहरी, लामपोखरी चावहिल, सुमार्गी भवन क्षेत्रका पसल कवलहरूले बक्यौता तिरेका छैनन्। त्यस्तै भण्डारखाल, उमाकुण्ड र वनकालीस्थित बी ११ मा रहेका पार्किङ व्यवस्थापकले सम्झौता अनुसार रकम नतिरेको कोषले जनाएको छ। 

कोषले यसअघि सूचना जारी गरेको थियो। तर अझै पनि केहीले बक्यौता नतिरेपछि ३ दिनभित्र कोषको आय लेखा व्यवस्थापन शाखामा रकम बुझाउन चेतावनीसहित सूचना जारी गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .