ad ad

ग्लोबल


मुम्बई हमलाका अभियुक्तलाई भारत ल्याउने बाटो खुला, अमेरिकाले दियो अनुमति

मुम्बई हमलाका अभियुक्तलाई भारत ल्याउने बाटो खुला, अमेरिकाले दियो अनुमति

नेपालखबर
जेठ ४, २०८० बिहिबार १०:१३, काठमाडौँ

१६६ जनाको ज्यान जाने गरी सन् २००८ मा भारतको मुम्बईमा भएको आक्रमणका एकजना आरोपी तहव्वुर राणालाई अमेरिकाले भारत सुपुर्दगी गर्ने अनुमति दिएको छ।

अब एनआईएले अमेरिकी सरकारको सम्पर्कको सहयोगमा तहव्वुरलाई जतिसक्दो चाँडो भारत ल्याउनेछ। तहव्वुर राणा पाकिस्तानी मूलका क्यानेडियन नागरिक हुन् जसले लश्कर-ए-तबैयाका आतंकवादी डेभिड कोलम्यान हेडलीसँग मिलेर २६/११ (२६ नोभेम्बबर) को हमलाको मास्टरमाइन्ड गरेका थिए। भारत सरकारको मागमा तहव्वुर तीन वर्षअघि अमेरिकीमा पक्राउ परेका थिए।

६२ वर्षीय तहव्वुर राणालाई पक्राउ गर्न माग गर्दै भारतले जुन १०, २०२० मा उजुरी दर्ता गराएको थियो। त्यसको १६ दिनपछि जुन २६ मा अमेरिकी प्रहरीले उनलाई पक्राउ गरेको थियो।

अमेरिकी जिल्ला अदालत सेन्ट्रल डिस्ट्रिक्ट क्यालिफोर्निया अमेरिकाका म्याजिस्ट्रेट न्यायाधीश ज्याकलिन चुल्जियनले सबै कागजातहरूको समीक्षा गरेर सपुर्दगीको अनुमति दिए। 

मुम्बईमा भएको श्रृङ्खलावद्ध गोलीकाण्ड तथा बम आक्रमणमा एक सय ६४ जनाको ज्यान गएको थियो भने तीनसय भन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .