काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज पुनः काठमाडौं फर्किएको छ। विमानमा चरा ठोक्किएको आशंका भएपछि पुनः त्रिभुवन विमानस्थलमा नै फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
उनका अनुसार शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंका भएपछि पुनः फर्किएको हो।
अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेको उनले नेपालखबरलाई जानकारी दिए।
57
Shares
प्रतिक्रिया