ad ad

समाज


विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम शुरू, कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने

विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम शुरू, कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने

नेपालखबर
जेठ १५, २०८० सोमबार १८:१४, काठमाडौँ

अर्थमन्त्री डा‍ प्रकाशशरण महतले बालशिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

आधारभूत शिक्षा अन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने उनले बताएका छन्। प्रारम्भिक बालविकास केन्द्रको नक्शाकंन गरी पुनर्वितरण गरिने उनले घोषणा गरेका छन्।

बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिने छ।

बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने उनले बताएका छन्।

हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने अर्थमन्त्री डा प्रकाशशरण महतले बताए।

मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .