शुक्रबार (११ जेठ) बिहान सुनकोशी नदीमा स्कार्पियो दुर्घटनामा पर्यो।
दुर्घटनाग्रस्त उक्त स्कार्पियोमा सवार ४ मध्ये ३ जनाको खोजी कार्य जारी छ। प्रहरीका अनुसार स्कार्पियो चालकले भने नदीबाट पौडिएर ज्यान जोगाएका छन्।
भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी)का कर्मचारीहरू खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो।
उक्त स्कार्पियोमा चालकसहित ४ जनामध्ये सबैको पहिचान खुलिसकेको छ। प्रहरीका अनुसार नदीमा बेपत्ता भएका ३ जनाको खोजी कार्य जारी छ।
दुर्घटना भएको उक्त सवारी साधनका चालक कृष्ण चौधरीले भने नदीबाट पौडिएर ज्यान जोगाएका हुन्।
चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए।
बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका–७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल रइलाम फुयतया नगरपालिका–५ घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल छन्।
सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो।
घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ।
स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ।
Shares
प्रतिक्रिया