नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अठारै अभियुक्तलाई आज (आइतबार) जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।
आज थुनछेक बहस सुरु हुने भएकाले उनीहरुलाई अदालत उपस्थित गराइएको हो। सबैलाई जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा राखिएको छ।
अब केही बेरमा थुनछेक बहस सुरु हुँदै छ।
थुनछेक बहसको इजलासमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरीलाई उपस्थित गराइएको हो। उनीहरुसँगै इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, टंक गुरुङ, केशव दुलाल, सागर राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जन पनि अहिले इजलासमा छन्।
उनीहरू सबैलाई काठमाडौंकै विभिन्न प्रहरी कार्यालयका हिरासतमा राखिएका छन्।
थुनछेक बहसपछि उनीहरूलाई पुर्पपक्षका लागि जेल चलान गर्ने वा कारागार बाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा निर्णय हुनेछ।
पहिलो दिन आज अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्ने छन्।
सरकारी वकिलहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्ने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेले जानकारी दिए।
सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि मात्रै प्रतिवादीको पालो आउनेछ।
उक्त प्रकरणमा प्रतिवादीको कूल संख्या ३० भए पनि १२ जना फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।
- बालकृष्णलाई इजलासका २४ प्रश्न, के दिए जवाफ? (बयानको पूर्णपाठ)
- इजलासमा टोपबहादुरको याचना : मेरो राजनीतिक भविष्य सिध्याउन मुद्दा लगाइयो, सफाइ पाऊँ
- इजलासमा सचिव पाण्डेको बयान : प्रहरीले राति निद्रामा दबाब दियो (पूर्णपाठ)
- इन्द्रजितले इजलासमा भने : केशव दुलाल र सानु भण्डारीसँग कार्यालयमै विवाद भएको सत्य हो
Shares
प्रतिक्रिया