प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले संगीत क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ।
नेपाली सांगीतिक क्षेत्रका स्रष्टा गोल्डेन भ्वाइस प्रेमध्वज प्रधानको नाममा स्थापना भएको गोल्डेृन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले उनको ८७औं जन्मजयन्ति अवसरमा सो कार्यक्रम आयोजना गर्न लागेको हो।
आगामी जेठ २७ गते प्रतिष्ठानले सम्मान तथा पुरस्कार कार्यक्रम आयोजना गर्न लागेको हो। जसका लागि यो वर्ष सम्मानित तथा पुरस्कृत हुने स्रष्टाहरूको नाम पनि सार्वजनिक गरिएको छ।
जसमा गीतकार किरण खरेल, प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान सितारवादक तारावीर सिंह तुलाधर र प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा संङ्गीत पुरस्कार गायिका मिलन नेवार पुरस्कृति गर्न लागिएको जनाइएको छ।
30
Shares
प्रतिक्रिया