दैनिक गर्मी बढ्दै गइरहेको छ। गर्मीमा खानपानमा विशेष ध्यान दिनुपर्छ।
गर्मीमा पसिना धेरै आउने भएकाले शरीरमा पानीको अभाव भएर 'डिहाइड्रेसन' जस्ता समस्याहरू समस्या पनि देखिन सक्छन्।
गर्मीमा पानीको अभाव हुन नदिन झोलिलो खाद्यपदार्थ र फलफूल धेरै खानुपर्छ।
यी खाने कुराले शरीरमा पानीको कमी हुन दिँदैनन्।
खरबुजा
गर्मीमा खरबुजालाई फलदायी मानिन्छ। यसमा लगभग ९२ प्रतिशत पानी हुन्छ।
खरबुजा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। यो फल लाभकारी पोषक तत्त्वले भरिएको हुन्छ र यो एन्टिअक्सिडेन्टको ठुलो स्रोत हो।
खरबुजाको सेवनले चर्को घाम र गर्मीमा पनि तपाईं हाइड्रेटेड र ऊर्जाले भरिपूर्ण रहनुहुनेछ।
काँक्रो
काँक्रोलाई गर्मीको लागि सुपर फुड मानिन्छ, किनभने यसमा लगभग ८५ प्रतिशत पानी हुन्छ।
काँक्रो खाँदा शरीरलाई प्रशस्त मात्रामा पानी मिल्छ र हाइड्रेशन राम्रो हुन्छ। वेब एमडीको रिपोर्टअनुसार, काँक्रो फाइबर, भिटामिन 'के' र भिटामिन 'ए' को राम्रो स्रोत हो, जसले शरीरलाई बलियो बनाउँछ।
गर्मीमा काँक्रोको सेवन गर्दा डिहाइड्रेसनबाट बच्न सकिन्छ।
गोलभेडा
गोलभेडालाई हाइड्रेसनको लागि उत्तम तरकारी मानिन्छ।
गोलभेडामा प्रशस्त मात्रामा पानी हुन्छ, जसले शरीर हाइड्रेटेड रहन्छ। गर्मीमा गोलभेडाको जुस पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ।
एक कप काँचो गोलभेडामा लगभग १७० ग्राम पानी हुन्छ।
स्याउ
गर्मीमा स्याउ खाँदा शरीरमा पानीको कमी हुँदैन र हाइड्रेटेड रहन्छ। पानीको मात्राको बारेमा कुरा गर्दा, प्रतिसय ग्राम स्याउमा ८५.५६ ग्राम पानी हुन्छ।
यो फललाई हाइड्रेटेड रहनको लागि उत्तम खाजा मानिन्छ। स्याउ कोलेस्ट्रोल लगायतका धेरै समस्याबाट बच्ने फलदायी फल पनि हो।
आरु
आरु पनि एक यस्तो फल हो, जुन गर्मीमा हाइड्रेसनका लागि राम्रो मानिन्छ।
आरुमा ८८ प्रतिशत पानी हुन्छ र यसमा फाइबर पनि राम्रो हुन्छ। यो खाँदा शरीरमा पानीको कमी हुँदैन र पाचन प्रणाली पनि राम्रो हुन्छ।
Shares
प्रतिक्रिया