ad ad

समाज


काठमाडौंमा प्रहरीको गोली लागी लागुऔषध कारोबारी घाइते

काठमाडौंमा प्रहरीको गोली लागी लागुऔषध कारोबारी घाइते

फाइल तस्बिर


नेपालखबर
जेठ २८, २०८० आइतबार १२:३५, काठमाडौँ

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आज गोली चलेको छ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषधका कारोबारीविरुद्ध गोली चलाएको हो। 

गोली लागेर विकास भगवत घाइते भएका छन्। उपचारका लागि उनलाई केएमसी अस्पताल भर्ना गरिएको छ।

एसएसपी गोविन्द थपलियाले लागुऔषध किनबेच भइरहेको सूचना पाएर पुगेको ब्युरोको टोलीविरुद्ध गोली हानिएपछि प्रहरीले जवाफी फायरिङ गरेको नेपालखबरलाई जानकारी दिए। 

‘घाइते विकासको ठेगाना खुलिसकेकाे छैन’, उनले भने, ‘हामी उनको अभिभावकलाई सम्पर्क गर्ने प्रयास गरिरहेका छाैँ।’

उनको घुँडामुनि गोली हानिएको हो। उनका साथमा रहेका केही व्यक्ति भने भाग्न सफल भएको प्रहरीले जनाएको छ। 

घटनाबारे अनुसन्धान भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .