ad ad

समाज


माइतीघरमा आत्मदाह प्रयास गर्ने २५ वर्षीय निरज कामत

माइतीघरमा आत्मदाह प्रयास गर्ने २५ वर्षीय निरज कामत

आत्मदाह प्रयास गरेका २५ वर्षीय निरज कामत।


नेपालखबर
जेठ ३०, २०८० मंगलबार १७:३७, काठमाडौँ

काठमाडौंको माइतीघर मण्डलमा आत्मदाह प्रयास गर्ने युवकको पहिचान खुलेको छ। मोरङको विराटनगरका २५ वर्षीय निरज कामत नागरिकताविहीन संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष हुन्। 

नागरिकता माग गर्दै आन्दोलनका क्रममा धर्ना बसेका मोरङका २५ वर्षीय कामतले जिउमा पेट्रोल खन्याएर आगो लगाएको खुलेको हो।

उनले आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँदै आएका छन्। पछिल्लो समय माइतीघरमा चलेको आन्दोलनमा निरन्तर सहभागी भएका उनले फेसबुकमा लाइभ पनि गरिरहन्थे।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालका अनुसार पेट्रोल खन्याएर आगो लगाएका कामदलाई तत्कालै उद्धार गरी वीर अस्पतालको ट्रमा सेन्टरमा लगिएको छ।

‘एकजना व्यक्तिले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए’, उनले नेपालखबरलाई भने, ‘उनी नागरिकताविहीनहरुको आन्दोलनमा सहभागी भएको खुलेको छ। उनलाई तत्कालै उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ।’

जिउमा आगो लगाएर घाइते भएका कामदलाई प्रहरीले अस्पताल लगिसकेको छ। नागरिकताविहीन उनको अवस्था खतरामुक्त रहेको छ। 

नागरिकताविहीन संघर्ष समितिका केन्द्रीय संयोजक इन्द्रजित साफीले मोरङको विराटनगर घर भएका कामत दुई वर्षदेखि यो आन्दोलनमा सहभागी थिए।

नागरिकता आन्दोलनको भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .