प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबारे संसदीय सुनुवाइ आज (बिहीबार) हुँदै छ।
संसदीय सुनुवाइ समितिमा सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद उपाध्यायका अनुसार अहिले बिहान कार्कीलाई उनीविरुद्ध परेका उजुरी जानकारी गराउने तथा यस विषयमा उनीसँग प्रस्टीकरण लिने र उनका कार्ययोजनाका विषयमा छलफल गर्ने कार्यक्रम छ।
‘उहाँका कार्ययोजना,उजुरीबारे जानकारी दिन्छौँ र त्यसमा प्रस्टीकरण दिन बोलाइएको छ’, अर्यालले नेपालखबरसँग भने। हिजो बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेको थियो।
उनका अनुसार कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्।
जेठ १६ गते बसेको सुनुवाइ समितिको बैठकले जेठ २६ भित्र कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो।
कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले न्यायाधीश बनाएको आरोप छ।
अर्का उजुरीकर्ताले कार्कीको नियुक्तिका लागि संवैधानिक परिषद्सम्बन्धी काम, कर्तव्य र ऐन रिक्त रहेको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले उनको नियुक्ति नै कानुन अभावको अवस्थामा भएकाले सिफारिस खारेज गर्न माग गरेका छन्।
बुधबार समितिले उजुरीकर्तामध्ये २३ जनालाई छलफलका लागि बोलाएपछि केही असन्तुष्ट बने ।
वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ‚ जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई‚ अधिवक्ता अमृत खरेल‚ उजुरीकर्ता रतन भण्डारीलगायतले सुनुवाइ समितिको बैठक बहिष्कार गरे।
सुरुमा सामूहिक रुपमा बैठकमा सहभागी हुन पाउनुपर्ने माग राखेका उनीहरुले समितिको वैधतामै प्रश्न उठाए।
Shares
प्रतिक्रिया