ad ad

समाज


बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत थाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत थाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपालखबर
असार ४, २०८० सोमबार १२:१, काठमाडौँ

ताप्लेजुङ र पाँचथरमा शनिबार राति आएको बाढीबाट क्षति पुगेका स्थानमा तत्काल राहत तथा पुनर्स्थापन थाल्न सरकारलाई आग्रह गरिएको छ।

यी दुई जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिको टोलीले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार अभियान चलाउन भनेका हुन्। उनीहरुले  अवरुद्ध सडक खुलाउने काम तत्काल थाल्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। 

प्रधानमन्त्रीलाई भेटका क्रममा ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी दिए। 

उनीहरुले तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक व्यवस्था गर्न पनि भनेका छन्।

प्रधानमन्त्रीले क्षतिबारे जानकार रहेको बताउँदै खोजी कार्य, उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालन गर्न पहल भएको जानकारी दिए। 

उनले सडक कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको पनि बताए। 

प्रधानमन्त्रीले तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै खाद्यान्न, आवास र स्वास्थ्य सामग्री पठाउने पनि बताए।

नेताहरुको ध्यानाकर्षणपछि प्रधानमन्त्री प्रचण्ड आफैं बाढी प्रभावित क्षेत्रमा जाने भएका छन्। 

प्रधानमन्त्रीलाई भेट्न पूर्वमन्त्री एवं नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लीला बोखिन, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्रीसहित पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .