ad ad

समाज


हिन्दी फिल्म रोक्ने बालेनको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश

हिन्दी फिल्म रोक्ने बालेनको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८० बिहिबार १४:४४, काठमाडौँ

हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्णयविरूद्ध चलचित्र संघको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।

नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अल्पकालीन आदेशसँगै विपक्षीसँग छलफल गर्न अदालतले असार १२ गते दुवै पक्षलाई बोलाएको छ।

दक्षिण भारतीय चलचित्र 'आदिपुरुष'मा रहेको 'जानकी भारतीय छोरी हुन्' भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरका मेयर शाहले गत सोमबारदेखि प्रदर्शनमा रोक लगाएका थिए। 

त्यसपछि हल सञ्चालकहरुको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट हालेका थिए। 

रिटमा मेयर शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाउँदै निषेधाज्ञा माग गरिएको थियो। 

बालेन्द्रको उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो। तर यसैबीच बालेन्द्रले हिन्दी फिल्म चलाउन नदिने आफ्नो अडानबाट पछि नहट्ने बताएका छन्। 

यदि अदालतको आदेश अनुसार चलचित्र चल्न नदिएमा बालेन्द्रमाथि नैतिक प्रश्न उठ्न सक्छ। अदालतको आदेश रोकेमा मानहानी मुद्दा लाग्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .