मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयको टोलीले लेखा अधिकृत शेखर ढकाललाई शुक्रबार पक्राउ गरेको हो।
अख्तियारको टोलीले उनलाई २ लाख घुससहित कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो।
ढकालले नगरपालिकाको मर्मत सम्भारको भुक्तानीका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो।
75
Shares
प्रतिक्रिया