ad ad

समाज


जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको भूकम्पमा परेर मृत्यु

जाजरकोटको नलगाड  नगरपालिकाकी उपप्रमुखको भूकम्पमा परेर मृत्यु

नेपालखबर
कात्तिक १८, २०८० शनिबार ५:५६, काठमाडौँ

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति गएको शक्तिशाली भूकम्पले घर भत्किँदा जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। 

सदरमुकामस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा भूकम्प जाँदा भत्किएको संरचनाले लागेर उनको मृत्यु भएको हो ।

०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .