यही कात्तिक ८ गते मगुको छायानाथ रारा नगरपालिका ६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
घटनाको दुई सातापछि एक आरोपीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले मुगुकै छायानाथ रारा नगरपालिका घर भई हाल बाँकेको कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो। शाही मृतक परिवारका आफन्त भएका प्रहरीले जनाएको छ। आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने प्रहरीकाे तयारी छ। अहिले यस विषयमा केही पनि भन्न नमिल्ने मुगुका डीएसपी वीरेन्द्र थापाले बताए।
यही कात्तिक ८ गते २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सराको एकसाथ हत्या गरिएको थियो। हत्याको दुई दिनपछि घरभित्रै उनीहरुको शव फेला परेको थियो।
परिवारका चार जनाको हत्यामा शाहीसँगै अर्को एक जनाको पनि संलग्न रहेको अनुमान प्रहरीले गरेको छ।
तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरीमा विशेष अनुसन्धानमा दख्खल राखेका अनुसन्धान अधिकृतहरु यो घटनाको अनुसन्धानमा खटिएका छन्।
- मुगु सामूहिक हत्या प्रकरण : के गर्दैछ प्रहरीको ‘एक्स्पर्ट टिम’?
- मुगु हत्याकाण्ड : चारै जनाको शव परीक्षणको लागि गमगढी लगियो
- चार आमा-छोराछोरीको हत्या प्रकरण : अर्कै उद्देश्यले मारिएको प्रहरीको अनुमान
Shares
प्रतिक्रिया