उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जना नियुक्तिका लागि सिफारिस गरिएको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले ६ जनालाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो।
यसरी सिफारिस हुनेमा लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापा छन्।
शाहलाई सुर्खेत, पोखरेललाई पोखरा, राजभण्डारीलाई विराटनगर, पौडेललाई जनकपुर, पाण्डेलालाई तुल्सीपुर र थापालाई दीपायल पदस्थापनका लागि सिफारिस गरिएको छ।
दीपायलका मुख्य न्यायाधीश निरौला पाटन सरूवा भएका छन्।
न्याय परिषद्बाट सिफारिस भएका उनीहरूलाई प्रधान्यायाधीशले नियुक्त गर्नेछन्।
201
Shares
प्रतिक्रिया