ad ad

समाज


विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्य को–को? (नामसहित)

विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्य को–को? (नामसहित)

विशेष अदालतको अध्यक्ष सिफारिस भएका न्यायाधीश टेकनारायण कुँवर


नेपालखबर
मंसिर ५, २०८० मंगलबार १७:११, काठमाडौँ

विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई तोक्न न्यायपरिषद्ले परामर्श दिएको छ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले उनलाई विशेष अदालतको अध्यक्ष तोक्न मन्त्रिपरिषद्लाई परामर्श दिने निर्णय गरेको हो। 

उच्च अदालतका न्यायाधीश कुँवर हाल न्यायिक प्रतिष्ठानमा कार्यरत छन्।

त्यस्तै, विशेषको अदालतको सदस्यमा तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापालाई तोक्न न्यायपरिषद्ले परामर्श दिएको छ। 

खुसीप्रसाद थारु भने सदस्यमा यथावत् छन्। 

विशेष अदालतमा काजमा रहेका न्यायाधीश बलभद्र बाँस्तोलालाई उनको पदाधिकार रहेको जनकपुर उच्च अदालतमै फिर्ता पठाउने निर्णय न्यायपरिषदले गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .