झापाको भद्रपुरमा पति-पत्नी मृत फेला परेका छन्।
भद्रपुर नगरपालिका–१ पृथ्वीनगरका ३६ वर्षीय सुवास लिम्बु र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बु बिहीबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जुनिताको शव आफ्नै घरभित्र र सुवासको शव घर नजिकै रुखमा फेला परेको हो।
उनीहरु दुबैको शव झुन्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पत्नीको हत्यापछि सुवासले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
लिम्बु पतिपत्नीका तीनजना नाबालक छोराछोरी रहेका छन्। उनीहरुबीच पारिवारिक बेमेल रहेको छिमेकीले बताएका छन्।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।
126
Shares
प्रतिक्रिया