ad ad

समाज


घरमा आगो लाग्दा सिलिन्डर बिस्फोट भयो, घरमुलीको मृत्यु

घरमा आगो लाग्दा सिलिन्डर बिस्फोट भयो, घरमुलीको मृत्यु

नेपालखबर
मंसिर १९, २०८० मंगलबार ८:५१, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु भएको छ।

काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय लोकबहादुर नेपालीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भएर एलपी ग्यास सिलिण्डर पड्किँदा  घटना भएको जानकारी दिए। 

सोमबार साँझ भएको यो घटनामा लोकबहादुरको पूरै शरीर जलेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको छ। आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ। क्षतिको अन्य विवरण आउन बाँकी रहेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .