ad ad

समाज


सुनकोशी-मरिन डाइभर्सनको अवलोकन गर्न पुगे ओली

सुनकोशी-मरिन डाइभर्सनको अवलोकन गर्न पुगे ओली

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १३:२५, काठमाडौँ

नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोशी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गरेका छन्। 

एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रामेछाप पुगेका ओलीले मन्थली नगरपालिका–६ सेलघाटस्थित डाइभर्सन उद्गमबिन्दुमा भइरहेको निर्माणकार्य अवलोकन गरेका हुन्। 

ओली प्रधानमन्त्री हुँदो उक्त आयोजना सुरु भएको हो। एमाले नेतृत्व सरकारले उक्त आयोजनालाई राष्ट्रिय गौरवमा राखेको थियो। 

सुनकोशी-मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम उद्गम बिन्दु सुनकोशीतर्फबाट धमाधम भइरहेको छ। यो आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये ९ दशमलव ७ किलोमिटर निर्माण भएको छ। 

आयोजनाअन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माण गरिरहेको छ।

बाँध निर्माण पनि पटेल रमण जेभीले अघि बढाएको छ। सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कुल ४६ अर्ब रुपैयाँ विनियोजन गरेको छ। चालु आर्थिक वर्षसम्म करिब ११ अर्ब खर्च भएको छ। 

सुरुङ निर्माणसँगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माण सुरु भएको छ। ३१ मेगावाट विद्युत् उत्पादनका निम्ति आवश्यक पूर्वाधार निर्माणका काम पनि सुरु भएका छन्। 

सुनकोशीको पानी ६७ हजार लिटर प्रतिसेकेन्डका दरले मरिन झारिने छ। मरिन खोलामा खसालिएको पानी बागमती नदी बागमती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट लगिने छ। 

सुनकोशीमा १ सय ५८ मिटर लामो ब्यारेज, १ सय ५० मिटर लामो डिसेण्डिङ्ग बेसिन,टनेल इन्ट्री  पोर्टल, ५दशमलब ५ मिटर व्यास भएको १३ ३ किमी लामो सुरुङ, सर्ज पण्ड स्विच यार्ड, ३१ मेगावाट क्षमताको विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गरिने छ। 

सुनकोशी मरिण डाइभर्सन आयोजना सुनकोशी नदीको पानी बाग्मती नदीको सहायक नदी मरिण खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .