ad ad

समाज


कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो

कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो

नेपालखबर
असोज १२, २०८१ शनिबार १३:३२, काठमाडौँ

कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्दसरोवर ताल) मा पछिल्लो समय पानीको सतह घट्न थालेको छ। जलाशयमा क्षमताभन्दा बढी पानी भरिएर ‘ओभरफ्लो’ भएपछि बाँधको सुरक्षालाई मध्यदिँदै आज बिहान करिब ५ बजेतिर ड्यामको दुई ढोका खोलिएको थियो। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जलाशयमा पानीको सतह केही घटेको जानकारी दिए। 

उनका अनुसार कुलेखानीको जलाशयमा कूल १ हजार ५ सय ३० मिटर पानी भण्डारण गर्ने क्षमता भए पनि आज बिहान ४ बजेतिर जलाशयमा १ हजार ५ सय ३१ मिटर पानी भरिएरको थियो।  पानी भरिएर खतराको संकेत देखिएपछि दुई  ढोका ४ दशमल ५ मिटर खोलिएको थियो। 

ड्यामको दुई  ढोका खोलिएपछि अहिलेसम्म जलसतह घटेर १ हजार ५ सय ३० दशमलव १० मिटरमा आइपुगेको प्रमुख भट्टले बताए। वर्षा अझै जारी रहेकोले जलाशयको ढोका खोलिएको र जलविद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। 

यसैबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरले निरन्तर वर्षा भइरहेकाले जोखिमको आधारमा थप कुलेखानीको जलाशयको ड्यामका ढोका अझै खोल्नुपर्ने अवस्था देखिनसक्ने भएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीमा बाढी आउन सक्ने अवस्था देखिएको हुँदा कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 

सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत उच्च सतर्क र सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउन सक्ने बाढीपहिरो, डुवान लगायतका अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था रहन लगाइएको जानकारी दिए।  

साथै जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट व्यवस्थापनको कार्यको लागि आवश्यक तयारी समेत गरिएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .