दोलखामा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित मैदानेमा घरमाथिबाट पहिरो आउँदा एकै परिवारको ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
पहिरोमा परेर रामकुमार भुजेल, उनको श्रीमती राधिका भुजेल र १६ बर्षका छोरा रोशन भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ। रोशनलाई पहिरोबाट उद्धार गरी अस्पताल लगिएको क्रममा डाक्टरले मृत घोषणा गरेको भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले जानकारी दिए।
उनका अनुसार रामकुमार र राधिकाको भने घटनास्थलमै मृत्यु भएको हो। ‘जेठो छोरालाई प्रहरीहरुले उद्धार गरेर अस्पताल लगेका थिए,’ नगरप्रमुख मानन्धरले नेपालखबरसँग भने, ‘राजकुमार र राधिकाको शरीरको केही भाग देखिएको अवस्थामा थियो। उद्धार गर्दा उनीहरुको मृत्यु भैसकेको रहेछ। उनीहरुको सानो २ बर्षका छोरा भने सकुशल उद्धार गरिएको छ।’
नगरप्रमुख मानन्धरका अनुसार शव पोष्टमार्टमका लागि अस्पताल लगिदै छ भने सानो बालकलाई उपचारका लागि अस्पताल पुर्याइएको बताए।
Shares
प्रतिक्रिया