ad ad

समाज


राशिफल १३ असोज : मेषको प्रेममा मनमुटाव हुने, कुम्भको आम्दानी बढ्ने, तपाईँको के?

राशिफल १३ असोज : मेषको प्रेममा मनमुटाव हुने, कुम्भको आम्दानी बढ्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असोज १३, २०८१ आइतबार ६:१०, काठमाडौँ

आज आइतबार, १३ असोज २०८१ (२९ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : यात्रामा बिघ्नबाधा आइलाग्न सक्छ। घर व्यवहारमा झमेला आउला। प्रेममा मनमुटाव हुनुका साथै मन कमजोर रहला। सामान हराउने वा चोरी हुने भय छ। साँझमा रोकिएको काम सम्पन्न हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा३८, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हरियो वस्त्र धारण गर्ने। झुट नबोल्ने।

वृष : आत्मिक सन्तुष्टि मिल्नेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। नयाँ कार्यको थालनी होला। पुराना साथीभाइसित भेटघाट हुनेछ। मिहिनेतको नतिजा राम्रो हात पर्नेछ। ससाना यात्राबाट राम्रो फल मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ८० र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने। 

मिथुन : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आयव्यय बराबरी हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। कामचाहिँ धैर्यपूर्वक गर्नु पर्ने देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ५४, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। छलकपट नगर्ने। 

कर्कट : शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। चिताएको कामले तीव्रता लिनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ८२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने। 

सिंह : अनावश्यक यात्रा र झमेलामा परिएला। शरीर भारी र मन अस्थिर रहने संकेत छ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। सामान हराउन सक्छ। मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। भौतिक सुखमा बढोत्तरी हुनेछ। दाजुभाइ तथा दिदीबहिनीबाट सहायता मिल्नेछ।  पठनपाठनमा प्रगति हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने। 

तुला : समाजसेवामा मन लाग्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। कुनै समाचारले मनमा शान्ति छाउला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। नयाँ कामको थालनी हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ४९, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने। 

वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै उत्साहपूर्ण यात्राको योग छ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा पनि ५९ , सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने। 

धनु : मिश्रित फल मिल्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। वैदेशिक कार्यमा उल्झन आउनेछ। शैक्षिक पक्ष कमजोर हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ५०, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। निलो रङको प्रयोग नगर्ने।

मकर : सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। आफ्नै प्रयासमा गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। झुट नबोल्ने।

कुम्भ : मनोरञ्जनमा सहभागी भइएला। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। शुभकार्यमा मन जानेछ। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

भाग्यशाली रङ रातो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६७, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७० र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रातो वस्त्र धारण गर्ने। कालो रङको प्रयोग नगर्ने। 

मीन : प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। आत्मिक सन्तुष्टि मिल्नेछ। शुभकार्यको चर्चा रहला। मित्रबाट विशेष सहयोग मिल्नेछ। सुखसुविधा भोग गर्न पाइनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ८५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .