ad ad

समाज


सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार

सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार

नेपालखबर
असोज १३, २०८१ आइतबार ५:३६, सर्लाही

सशस्त्र प्रहरी बलले सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार गरेको छ। 

शनिबार अविरल वर्षासँगै बसवरिया गाउँपालिका–२ स्थित एकादशी खोलामा आएको बाढीमा फसेकाहरुको उद्धार गरिएको हो। 

सबैलाई उद्धार गरी उनीहरुको घरमा पुर्याइएको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए। 

खेतीपाती गर्न तथा खोलामा माछा मार्न गएका उनीहरू एकादशी खोलामा पानीको सतह बढेपछि थुनिएका थिए। 

उद्धार गरिएकाहरुमा बसवरिया–२ की ४८ वर्षीया पटिया देवी, २२ वर्षीया कमरिया देवी, ४५ वर्षीया अकिरा देवी, तीन वर्षीय शिवु सहनी, चार वर्षीय शिवम् कुमार, ५४ वर्षीया धनसी सहनी, ५० वर्षीय हरि मुखिया, ५० वर्षीय विलाश सहनी, ५५ वर्षीय नबल सहनी र ५० वर्षीया दुखियादेवी सहनी रहेका छन्।

बाढीसँगै खोलामा माछा मार्न गएका उनीहरू एकातर्फबाट बागमती र अकोतर्फबाट एकादशी खोलाको बाढीले बीच भागमा थुनिएका सशस्त्र प्रहरी उपरीक्षक खनालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .