ad ad

समाज


शंकास्पद रिपोर्ट आएका ८ व्यक्ति भुल्के मस्जिदका १३ संक्रमितसँग १० दिन सँगै रहेको खुलासा

शंकास्पद रिपोर्ट आएका ८ व्यक्ति भुल्के मस्जिदका १३ संक्रमितसँग १० दिन सँगै रहेको खुलासा

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १०:२०,

शंकास्पद रिपोर्ट आएका उदयपुरका ८ जना यसअघिका संक्रमित १३ जनासँग सँगै रहेको खुलासा भएको छ।

मंलबार शंकास्पद रिपोर्ट आएका उदयपुरका ८ जना संक्रमित व्यक्तिहरुसँग १० दिन सँगै बसेर नमाज पढेकाहरु भेटिएको हो। यसअघि संक्रमण देखिएका १३ जनासँगै उनीहरुले पनि भुल्के मस्जिदमा चैत १ गतेदेखि १० गतेसम्म ध्यान गरेका थिए।

भुल्केका ५३ मुस्लिम परिवारका ६९ जनाको स्वाब शनिबार संकलन गरिएको थियो। उनीहरु मस्जिद गइरहने गरेको पाइएको उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए।

मस्जिदमा नियमित जानेको स्वाब शनिबार बिराटनगर लगिएको थियो। यिनै परिवारका बाँकी सदस्यसहित अन्यको स्वाब परीक्षणका लागि आइतबार काठमाडौंबाट हेलिकोप्टरमा सेनासहितको चिकित्सक पुगेका थिए।

मस्जिद आसपासमा रहेका बस्तीका ३ सय २० जनाको स्वाब संकलन गरेर टोली फर्किएको छ।

११ गतेदेखि १२ भारतीय र ४ जना मोरङबाट आएकालाई मस्जिदमै क्वारेन्टिनमा राखिएको थियो।

पर्सामा मस्जिदमा रहेका ३ जनामा कोरोना संक्रमण देखिएपछि अन्य ठाउँका मस्जिदमा पनि कोरोना परीक्षण गर्दा उदयपुरमा १३ जनामा संक्रमण भेटिएको हो।

संक्रमण भेटिएकालाई गत शुक्रबार नै विराटनगर लगिएको थियो। शंकास्पद रिपोर्ट देखिएकालाई पनि मंगलबार परीक्षणका लागि धरान पठाइएको छ। रिपोर्ट मंगलबार नै आउने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .