ad ad

समाज


काठमाडौंका मस्जिद अनुगमन गर्दै महानगर र मुस्लिम आयोगको टोली

काठमाडौंका मस्जिद अनुगमन गर्दै महानगर र मुस्लिम आयोगको टोली

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार १०:२५,

उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कोरोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मदरसाहरुमा अनुगमन थालेको छ।

मुस्लिम आयोग आफैँले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो। मंगलबार उपत्यकामा रहेका मस्जिदहरुमा अनुगमन गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सहित मुस्लिम आयोगको टोलीले मंगलबार काठमाडौंको घण्टाघर स्थित मस्जिद र मदरसामा अनुगमन गरेको हो।

मस्जिदमा अनुगमन पछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मस्जिदहरुमा जमातीहरु लुकेर बसेको आशंका जनमानसमा रहेकाले अनुगमन गरिएको बताए। उनले अनुगमनका क्रममा कोही पनि लुकेर बसेको नपाइएको बताएका छन्। दुवै ठाउँमा चार÷चार जना धर्मगुरु, तीनका सहयोगी दुई/दुई जना र दुई/दुई जना कर्मचारी गरी आठआठ जना मात्र रहेको पाइएको मेयर शाक्यले बताए।

कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर भक्तजनहरुलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह गरेको पनि उनले बताए। मेयर शाक्यले कोही लुकेर बसेको अवस्था भएमा गृह प्रशासन तथा स्थानीय सरकारलाई जानकारी गराउन आग्रह समेत गरेका छन्। अनुगमन पछि समेत कोही आउन सक्नेमा महानगरपालिकाले निरन्तर जानकारी लिइरहने उनले बताए।

मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीले उदयपुरको घटना पछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले सर्वपक्षीय बैठकमार्फत अनुगमन समिति गठन गरी अनुगमन थालिएको बताए। हरेक मस्जिद र मदरसामा अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको बताए। कुनैपनि मस्जिद वा मद्रसामा कोहीपनि लुकेर नबसेको उनले बताए। अझैपनि कोही छुटेको भए स्थानीय सरकारलाई जानकारी गराउन आयोगले समेत अपिल गरेको छ।

गत शुक्रबार उदयपुरको एक मस्जिदमा बस्दै आएका १२ जना जमातीहरुमा कोरोना भाइरस संक्रमण फेला परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .