ad ad

समाज


पत्रकारमाथिका धम्की र दुर्व्यवहारप्रति महासंघको आपत्ति

पत्रकारमाथिका धम्की र दुर्व्यवहारप्रति महासंघको आपत्ति

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ९:३२,

नेपाल पत्रकार महासंघले बाह्रखरी डटकमका पत्रकार केशवराज जोशीलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।

बिहीबार बानेश्वरबाट थापाथलीस्थित कार्यालय जाँदै गदाँ बानेश्वर चोकमा भिडियो खिच्दै गर्दाको अवस्थामा प्रहरीले पत्रकार जोशीलाई दुर्व्यवहार गर्नुका साथै पत्रकार परिचयपत्र खोसेर १० मिनेट होल्डमा राखेका थिए।

पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको ज्यादतीले प्रेस स्वतन्त्रतामा आघात पुगेका भन्दै प्रेस स्वतन्त्रता सम्मान गर्न र यस्ता कार्य नदो-याउन महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।

यसैगरी वैशाख १७ गते नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा अनलाइनखबर डटकमका सम्वाददाता सुवास पण्डितलाई लक्षित गरी अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ति निकालेर धम्क्याएको घटनाप्रति पनि महासंघले ध्यानाकषर्ण भएको जनाएको छ।

चितवनमा रहेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट स्वास्थ्य सामग्री बाहिरिएको र खर्च प्रक्रियामा अनियमितता भएको विषयमा समाचार प्रकाशित भएपछि पण्डितलाई धम्की दिइएको महासंघ चितवन शाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .