ad ad

समाज


अब एकल पुरुषलाई पनि मासिक भत्ता!

अब एकल पुरुषलाई पनि मासिक भत्ता!

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ९:२६,

एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउन शुरुआत गरेको छ।

सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।

उनका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन थियो। ‘राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौँं। समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो’ उनले भने।

एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरु गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन्। हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको सङ्ख्या संकलन गर्ने काम भइरहेको र ३५० को हाराहारीमा सो संख्या रहेको जानकारी सो गाउँपालिकाले दिएको छ। अहिले रु ५०० बाट शुरु गरेको यो कार्यक्रम आगामी वर्षहरुमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .