ad ad

समाज


ढुंगा प्रहार गरी बुबाको हत्या गरेकाे आराेपमा छोरा पक्राउ

ढुंगा प्रहार गरी बुबाको हत्या गरेकाे आराेपमा छोरा पक्राउ

नेपालखबर
बैशाख २९, २०७७ सोमबार ४:०,

म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको सिममा ढुंगा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शनिबार राति १० बजे बेनी नगरपालिका-१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकामा ढुंगा प्रहार गरेर सख्त घाइते बनाएका थिए।

मीनबहादुरको उपचारका क्रममा आइतबार साँझ पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए। बुबाको हत्यापछि छोरा कुमारलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ। छोराको ढुंगा प्रहारबाट अचेत भएका मीनबहादुरलाई बेनी अस्पतालमा उपचार सम्भव नभएपछि पोखराको मणिपाल अस्पतालमा सिफारिस गरिएको थियो।

अभियुक्त कुमारले पटकपटक बुबालाई आफ्नो इच्छानुसार काम नगरेको भन्दै आक्रमण गर्ने गरेका स्थानीयले बताएका छन्।

घटनाका बारेमा जानकारी पाएलगत्तै वडाध्यक्ष टेकबहादुर रावललगायतको उपस्थितिमा प्रहरी मुचुल्का बनाई फर्किएको छ। घटनास्थलमै अभियुक्त कुमारले आफूले ढुंगा प्रहार गरेको स्वीकारसमेत गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .