ad ad

समाज


विश्वभर कोरोना भाइरसबाट ८१ लाखभन्दा बढी संक्रमित, ४ लाख ४० हजारको मृत्यु

विश्वभर कोरोना भाइरसबाट ८१ लाखभन्दा बढी संक्रमित, ४ लाख ४० हजारको मृत्यु

नेपालखबर
असार २, २०७७ मंगलबार ७:३३,

साथै यसबाट विश्वभर ८१ लाख १८ हजार ९०४ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओद्धारा सार्वजनिक दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४२ लाख ३१ हजार ६४८ जना निको भएका छन्।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ४८ हजार ५६ व्यक्ति उपचाररत रहेका छन्। संक्रमितहरुमा ५४ हजार ५६८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

चीनको हुबेए प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ८२ हजार ९५० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा १ लाख १८ हजार २८३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

दक्षिण अमेरिकामा १४ं लाख ६३ हजार १६० जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ ६१ हजार ५६२ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा २५ लाख १२ हजार ३४१ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ १ लाख ४६ हजार २१९ जनाको मृत्यु भएको छ।

युरोपमा २२ लाख २० हजार ९० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८३ हजार २१५ को मृत्यु भएको छ। एसियामा १६ लाख ५९ हजार ४२२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४१ हजार २७६ जनाको मृत्यु भएको छ।

अफ्रिकामा २ लाख ५४ हजार २१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ७९३ जनाको मृत्यु भएको छ। ओसियानामा ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .