चर्चित लेखक खगेन्द्र संग्रौलाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाइप्रति समर्थन जनाएका छन्।
लेखक संग्रौलाले हाल जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. भट्टराईले संविधान जारी हुँदा ‘आधा गिलास पानी भरिएको’ भनेर गरेको टिप्पणी सही भएको धारणा राखेका हुन्।
मंगलबार फेसबुकमा स्टाटस लेख्दै लेखक संग्रौलाले भनेका छन्, ‘संविधान जारी हुँदा बाबुरामले ‘आधा गिलास पानी भरिएको’ भनेर टिपणी गरेका थिए। नभन्दै देशको नक्सा नै अधुरो रहेछ। अझै के(के अधुरो छ, समय क्रममा खुल्दै जाला।’
यस्तै उनले डा. भट्टराईले भनेजस्तो ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली’ पनि तत्काल अपरिहार्य भइसकेको स्टाटसमा लेखेका छन्।
प्रतिक्रिया