ad ad

समाज


अन्ततः ट्रम्प र बोल्सोनारो पनि कोरोनासँग हारे

अन्ततः  ट्रम्प र बोल्सोनारो पनि कोरोनासँग हारे

नेपालखबर
असार २८, २०७७ आइतबार ७:३३,

आफ्नो भनाइअनुसार नै उनीहरु सार्वजनिक स्थानमा मास्क बिनै र व्यक्ति–व्यक्तिबीचको दुरीको नियम विपरित हिँड्ने गरेका थिए।

देशका स्वास्थ्य विज्ञहरुको भनाइ अवज्ञा गर्दै उनीहरुले कोरोना भाइरस ‘कोभिड १९’ लाई सामान्य रुघाखोकी मात्र भएको बताउने गरेका थिए।

बोल्सोनारो लकडाउनविरुद्धको प्रदर्शनमा सहभागी भएका थिए भने डोनाल्ड ट्रम्पले आफू निकै स्वस्थ मानिस भएकाले मास्कको जरुरत नपर्ने बताएका थिए।

तर अन्ततः यी कट्टर राष्ट्रपतिहरु कोरोना भाइरससँग हारेका छन्।

बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनी अस्पतालमा उपचाररत छन्। हाल उनले कोरोनाविरुद्धको उपायहरु पूर्णरुपमा पालना गरिरहेका छन्। मास्क पनि लगाउँछन्।

त्यस्तै आफूलाई कहिल्यै मास्कको जरुरत नपर्ने बताउने गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि अन्तिममा माक्स लगाउन बाध्य भएका छन्।

बीबीसीका अनुसार ट्रम्प शनिबार मास्क लगाएर घाइते सैनिक भेट्न वाल्टर रिट नेसनल मिलिटरी मेडिकल सेन्टर पुगेका थिए।

पछिल्लो समय उनले आफू कहिल्यै मास्कविरोधी नभएको बताउँदै भिडभाड र विशेष परिस्थितिमा यसको प्रयोग गर्ने बताइरहेका छन्।

ट्रम्प र बोल्सोनारोले कोरोना भाइरसको खतरालाई नजर अन्दाज गर्दा आज अमेरिका र ब्राजिल विश्वमै सबैभन्दा बढी प्रभावित राष्ट्र हुन्।

हाल विश्वमा एक करोड २८ लाख ४९ हजारमा कोरोना संक्रमण पुष्टि हुँदा अमेरिकामा मात्र ३३ लाख ५५ हजार कोरोना संक्रमित छन्।

ब्राजिलमा कोरोना संक्रमितको संख्या १८ लाख ४० हजार पुगिसकेको छ। अमेरिकामा कोरोनाका कारण मृतकको संख्या १ लाख ३७ हजार पुगेको छ भने ब्राजिलमा ७१ हजारको मृत्यु भइसकेको छ।

कोरोना भाइरसको प्रकोप रोक्ने ठोस नीति नहुँदा यी दुई राष्ट्रपतिको देशभर आलोचना भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .