ad ad

समाज


थप १८ प्रहरीमा कोरोना पुष्टि, संक्रमित प्रहरीको संख्या ३२२ पुग्यो

 थप १८ प्रहरीमा कोरोना पुष्टि, संक्रमित प्रहरीको संख्या ३२२ पुग्यो

नेपालखबर
साउन १६, २०७७ शुक्रबार ७:५,

 उपत्यकाका थप १८ प्रहरीमा कोरोना संक्रमण देखिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब संकलनको परीक्षणबाट शुक्रबार बिहानमात्र थप १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाडौँ उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन्।

उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .