ad ad

कला


लागुपदार्थमा संलग्न १५ बलिउडकर्मीको नाम खुलाइन् रियाले

लागुपदार्थमा संलग्न १५ बलिउडकर्मीको नाम खुलाइन् रियाले

नेपालखबर
भदौ २७, २०७७ शनिबार १०:४५,

लागुपदार्थको विषय अनुसन्धान गर्न उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले गिरफ्तार गरेको छ।

अनुसन्धानको क्रममा उनले लागुपदार्थमा संलग्न १५ बलिउडकर्मीको नाम खुलाएको हिन्दुस्तान टाइम्सले शनिबार जनाएको छ।

ती बलिउडकर्मीहरु लागुपदार्थ सेवानकर्ता र खरिद विक्रिगर्नेहरु भएको बताइएपनि उनीहरुको नाम ब्युरोले बाहिर सार्वजनिक गरेको छैन।

अनुसन्धानको क्रममा रियाकी भाई स्वविक चक्रवर्ती र दिपेस सावन्तले कुरिएर सेवामार्फत सुशान्तको घरदेखि रियाको घरसम्म लागुपदार्थ ओसारपसार गरको पाइएको छ।

शुक्रबार मात्र रिया चक्रवर्तीले जमानतमा छाड्न गरेको आग्रह अदालतले अस्वीकार गरेको थियो।

हाल सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा भारतका तीन मुख्य अनुसन्धान एजेन्सीले अनुसन्धान गरिहेका छन्।

पैसाको लेनदेनको विषयमा इन्फोर्समेन्ट डिरेक्टोरेटले अनुसन्धान गरिरहेको छ भने मृत्युको कारणको विषयमा सीबीआई तथा लागुऔषधको विषयमा एनसीबीले अध्ययन गरिरहेको छ।

यो पनिः सुशान्त सिंह आत्महत्या प्रकरणमा अर्को ट्वीस्ट, रियाको च्याटले खुलायो बलिउडमा लागुऔषध विकृति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .