ad ad

खेल


राखेपको बोर्ड सदस्यमा ११ जना मनोनीत, को–को?

राखेपको बोर्ड सदस्यमा ११ जना मनोनीत, को–को?

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १०:५७,

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डका लागि ११ जना नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का (प्रदेश १) सहित चन्द्रा बन्दना राई (प्रदेश १), मानदेव हजारा (प्रदेश २), मोहम्मद शेख (प्रदेश २), पुरेन्द्र लाखे (बागमती), राजेश गुरुङ (गण्डकी), सुमिचा चौधरी (लुम्बिनी), एकेन्द्र कुँवर (सुदूरपश्चिम) र नन्दा बस्याल (कर्णाली) लाई नियुक्त गरेको हो। ३७ सदस्यको बोर्डमा अन्य सदस्य भने पदेन रहने व्यवस्था छ।

राखेपका अध्यक्ष समेत युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले संघहरुको सिफारिसमा रेणुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई मनोनीत गरेका हुन्। योसँगै राखेपको बोर्ड सदस्यमा ११ जना मनोनीत भएका हुन्। यसअघि मन्त्री सुनारले ६ जनालाइ मनोनीत गरेका थिए।

गत असार १८ गते लागू भएको राष्ट्रिय खेलकुद विकास ऐनअनुसार खेलकुदको विकासमा महत्पवूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुमध्ये सबै प्रदेशबाट प्रनिधित्व हुने गरी महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम पिछडिएको क्षेत्रबाट समेतबाट प्रतिनिधित्व हुने गरी कम्तीमा तीन महिलासहित सरकारले मनोनीत गर्ने व्यवस्था छ। मनोनयन हुनेका कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुमध्येबाट हुनुपर्ने ऐनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .