कोरोना महामारीका कारण ९ महिनादेखि बन्द फिल्महल आज (बिहीबार) देखि खुलाइँदै छ।
सरकारले अनुमति दिइनसकेको भए पनि नेपाल चलचित्र संघले सिनेमाघर खुलाउने निर्णय गरेको हो।
आज दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ देखाउने तयारी छ।
अन्य सबै व्यवसाय खोलिए पनि आफूहरूको व्यवसाय खुलाउन सरकारले बेवास्ता गरेको भन्दै हल व्यवसायीले दबाबस्वरूप फिल्महल सञ्चालन गर्न लागेका हुन्।
त्यसका लागि उनीहरूले हिजै (बिहीबार) आफ्ना फिल्महल सरसफाइ गरेका छन्।
प्रतिक्रिया