ad ad

समाज


लमजुङमा मध्यराति पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता

लमजुङमा मध्यराति पहिरोले ३ घर बगायो, ४ जना बेपत्ता

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८१ बुधबार ८:११, काठमाडौँ

क्व्होलासोथार गाउँपालिका–३ बगुममा गएराति पहिरोले तीनवटा घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। पहिरोमा परेर एकजना घाइते भएका छन्। 

पहिरोले रुद्रमणि गुरुङ र उनकी बुहारी पञ्चकुमारी गरुङको घर बगाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले जानकारी दिए। 

‘पहिरोमा पुरिएर रुद्रमणि, उनकी बुहारी पञ्चकुमारी, पञ्चकुमारीकी पाँच वर्षीया छोरी नम्रता र रुद्रमानका भाइकी नातिनी सात वर्षीया इच्छा बेपत्ता छन्,’ इन्सपेक्टर चापागाइँले नेपालखबरसँग भने, ‘घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा खटिएको छ।’ 

पञ्चकुमारीको छोरो अर्को घरमा सुत्न गएकाले घटनाबाट जोगिएका छन्। 

ठूलो वर्षापछि गएराति झण्डै १ बजे घरमाथिबाट आएको पहिरोले तीनवटा घरगोठ पुरेको हो। रुद्रमणिको घरमा उनी एक्लै थिए। उनकी श्रीमती भने छोरीको घरमा गएकाले उक्त घटनाबाट जोगिएकी स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बेँसीसहरबाट डीएसपी मिनबहादुर घलेको कमाण्डमा प्रहरी टोली बुधबार बिहान घटनास्थलतिर गएको छ। 

‘डीएसपी सा’पको कमाण्डमा गएको प्रहरी टोली अहिलेसम्म घटनास्थलमा पुगेको छैन, इन्सपेक्टर चापागाइँले भने, ‘प्रहरी चौकी मालिङबाट पुगेको प्रहरी टोली उद्धारमा जुटिसकेको छ।’

घटनास्थल सदरमुकाम बेँसिसहरबाट झण्डै २५ किमी टाढा पर्छ। सो ठाउँमा ६ वटा छन्। तीनवटा घर भने पहिरोबाट जोगिएका छन्। 

त्यसैगरी गएराति नै बेँसिसह नगरपालिका–११ चिती स्याउतमा पहिरोमा परेर दुई जना घाइते भएका प्रहरीले जनाएको छ। 

पहिरो खसेको कारण लमजुङका बेँसीसहर–चाँमेसहितका सडक पनि अवरुद्ध भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .