पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा सवारी आवागमनमा समस्या भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो।
अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोमा पानीको बहाव बढ्दा पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ सडक भासिएको छ। सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको शर्माले बताए।
13.2k
Shares
प्रतिक्रिया