सर्लाहीको बरहथवामा गाँजा बोकेको मोटरसाइकल दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छन्।
बरहथवा नगरपालिका–१७ मा सोमबार साँझ बा ३८ प ५२९६ नम्वरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। घाइते महिलाको परिचय खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा परेकी अन्दाजी ३० वर्षीया महिलाको अवस्था गम्भीर छ। अचेत अवस्थामा उनको बरहथवास्थित भेनस अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकलका चालक फरार भएका छन्।
दुर्घटनामा परेको मोटरसाइकलबाट प्रहरीले १० केजी गाँजासमेत बरामद गरेको छ। मोटरसाइकल गाँजा कारोबारीको भएको आशंका गरिएको छ।
चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
150
Shares
प्रतिक्रिया