तपोभूमि खप्तडमा प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ। तीन दिनसम्म चल्ने यो सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्।
प्रधानमन्त्री दाहालले सम्मेलन उद्घाटन गर्दै खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने वचन दिएका छन्।
‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ, खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गर्छौँ,’ उनले भने।
सम्मेलन उद्घाटनका क्रममा सुदूरपश्चिमको पहिचान झल्किने झाँकी तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो। स्थानीय युवायुवतीले मौलिक पोशाकमा सजिएर कार्यक्रमको आकर्षण बढाएका थिए।
उनले त्यसक्रममा आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न रामदेव र आचार्य बालकृष्ण पनि इच्छुक रहेको बताएका।
उक्त सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड, बाबा रामदेव, आचार्य बालकृष्ण, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमल शाह, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितका नेता सहभागी छन्।
Shares
प्रतिक्रिया