डोटीस्थित सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो पूर्वीचौकी गाउँपालिका–४ सानागाउँका ३८ वर्षीय तेज बहादुर खड्काको सेतीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार दिपायल सिलगढी नगरपालिका–२ स्थित पक्की पुलनजिक सेती नदीमा नुहाउने क्रममा खड्का बेपत्ता भएका थिए।
ईलाका प्रहरी कार्यालय दिपायलको टोली र स्थानीयले उनको शव एक किलोमिटर तल घोल्तडामा फेला पारेको प्रहरीले जनाएको छ।
33
Shares
प्रतिक्रिया