ad ad

खेल


अमेरिकी सफल महिला फुटबलर कार्लीले घोषणा गरिन् संन्यास

अमेरिकी सफल महिला फुटबलर कार्लीले घोषणा गरिन् संन्यास

नेपालखबर
भदौ १, २०७८ मंगलबार १२:१०, काठमाडौँ

अमेरिकी मिडफिल्डर कार्ली लोयडले आफ्नो फुटबल करियरबाट संन्यास लिने घोषणा गरेकी छिन्। 

फुटबलमा आफूलाई सफल साबित गरेकी लाेयडले यही वर्षकाे अन्त्यतिर खेल जीवनबाट विदा लिने  घोषणा गरेकाे बीबीसीले जनाएकाे छ। 

अमेरिकी महिला फुटबल टोलीकी ३९ वर्षीया कार्लीले ३ सय १२ अन्तर्राष्ट्रिय खेलबाट १ सय २८ गोल गरेकी हुन्। 

लोयडले आफ्नो फुटबल करियरमा दुई विश्वकप र ओलम्पिकमा दुई स्वर्णपदक जितेकी छिन्। 

संन्यास घोषणा गर्दै उनले भनिन्, ‘मैदानमा उत्रिँदा मैले हरेक दिन आफ्नो लागि अन्तिम खेल हो भनेर खेलेँ।’ 

फुटबलबाट संन्यास लिएपछि उनले आउने पुस्तालाई सधैँ सहयोग गर्ने बताएकी छिन्। अब फुटबल क्लिनिक सुरु गर्ने योजना बनाएकी छिन्। 

म्यानचेस्टर सिटीबाट समेत खेलिसकेकी लोयडले आफ्नो जुत्ता थन्क्याउनुअघि ४ वटा अन्तर्राष्ट्रिय खेल खेल्नेछिन्। 

अमेरिकी महिला फुटबल टोलीका मुख्य प्रशिक्षक भ्लाट्को एन्डोनोभ्स्कीले भने, ‘लोयड एक साँच्चैको महान् खेलाडी हुन्, उसको प्रशिक्षक हुन पाउनु मेरो लागि सम्मानको कुरा हो।’ 

सन् १९९९ मा हाइस्कुलमा हुने बेलामा नै उनले डब्लु लिग खेलेकी थिइन्। 

सन् २००५ मा युक्रेनविरुद्ध अन्तर्राष्टिय खेलमा डेब्यु गरेकी थिइन्। 

अमेरिका र विश्व इतिहासमा क्रिस्टिन लिलीपछि उनी दोस्रो सर्वाधिक सफल खेलाडी हुन्। लिलीले ३ सय ५४ खेल खेलेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .